Aamsanchar

पाण्डे बन्धुको भद्रपुर–कचनकवल क्षेत्रीय समिति गठन

Author Image
बिहिवार, असोज ४, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका पाण्डे बन्धुहरूलाई समेटेर संयुक्त  पाण्डे बन्धु सेवा समिति गठन भएको छ ।
पाण्डे बन्धु सेवा समिति झापाले क्षेत्रीय स्तरीय समिति गठन गर्ने कार्यक्रम अन्तरगत हिजो (बिहिबार) भद्रपुर र कचनकवललाई जोडेर संयुक्त समिति गठन गरेको हो ।

पाण्डे बन्धु सेवा समिति झापा जिल्ला अध्यक्ष चिरञ्जीवी पाण्डेको अध्यक्षतामा आयोजित समिति गठन कार्यक्रममा केन्द्रिय सचिव टङ्क पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पाण्डेले  नव कार्यसमिति पदाधिकारी सदस्यहरूलाई बधाई ज्ञापन गर्दै पाण्डे बन्धुहरूको सर्वोपरि हितमा सेवा समिति लाग्नसके मात्र समिति गठनको औचित्य पुरा हुने बताए ।

भद्रपुर–कचनकवल क्षेत्रिय समितिको अध्यक्षमा खिलानाथ पाण्डे ९निकास०, उपाध्यक्ष धनबहादुर पाण्डे, सह सचिव खेमराज पाण्डे, कोषाध्यक्षमा भिमा पाण्डे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा तिलचन्द्र पाण्डे, भिमप्रसाद पाण्डे, रोहित  पाण्डे, सीता पाण्डे, शिवनाथ पाण्डे, ज्योति पाण्डे र टेकबहादुर पाण्डेलाई चयन गरिएको छ ।

समिति गठन कार्यक्रममा केन्द्रीय  सल्लाहकार  समितिका सदस्य तिलक पाण्डे,   केन्द्रीय सदस्य मनोरथ पाण्डे, जिल्ला समिति उपाध्यक्ष जिपी पाण्डे, सचिव सुवास पाण्डे, कोषाध्यक्ष इन्द्रकुमारी  पाण्डे, सदस्य खगेन्द्र पाण्डेको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला सचिव खगेन्द्र पाण्डेले गरेका थिए । बन्धु भेला भद्रपुर ४ स्थित रूपनारायण पाण्डेका घरमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)