पाँचथर – पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ ।
यस्तै, आर्थिक वर्ष ०८०/८१ को साउन देखि अहिले सम्ममा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीले जनाएको छ । मानसिक तनाव, पारिवारिक कलह, महत्वकांक्षा, असफलता जस्ता विविध कारणले गर्दा आत्महत्या गरेको प्रहरीको भनाई छ ।
वढ्दो आत्महत्या रोक्न तथा न्यूनिकरण गर्न स्थानिय सरकारसँग समन्वय सहकार्य गदैं अघि बढ्नुपर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102