Aamsanchar

इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ भाइरस

Author Image
बुधवार, चैत २, २०७३

सुनसरी,

सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो ।

नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच५एन८ रहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ  । यसअघि नेपालमा बर्ड फ्लुको एच५एन१ भाइरस देखिँदै आएको थियो ।

जिल्ला पशु सेवा कार्यलय सुनसरीका प्रमुख शिवनाथ महतोले इटहरीमा फेला परेको बर्ड फ्लु नयाँ प्रजातिको भाइरस रहेको बताउनुभयो ।

उहाँले भारतमा यो प्रजातीको बर्ड फ्लु यसअघि देखिएको र अहिले नेपालमा पनि देखिएको बताउनुभयो । यो भाइरस मानिसमा समेत सर्ने खतरा उत्तिकै रहेको उहाँले बताउनु भयो ।

Views: 183

प्रतिक्रिया (०)