Aamsanchar

दोस्रो एकता स्पोर्टिङ गोल्डकपमा सहभागी हुने क्लबहरू र आयोजक बीच सम्झौता  

Author Image
सोमवार, असोज १५, २०८०

चारपाने । आँउदो असोज २५ गते देखि झापाको बिर्तामोड –२ बेलडाँगीमा सुरुहुने जिल्ला स्तरीय खुला दोस्रो एकता स्पोर्टिङ गोल्डकप प्रतियोगिताका लागि खेल तालिकामा नाम समावेश भएका फुटबल क्लबका प्रतिनिधिहरू सँग आयोजक एकता स्पोर्टिङ क्लबले सम्झौता गरेको छ ।
आज (सोमबार) चारपानेमा आयोजक क्लबका पदाधिकारीहरू र जिल्लाका विभिन्न क्षेत्रका ८ वटा क्लबहरू सँग सम्झौता भएको हो ।

खेललाई मर्यादित बनाउन र फिफाको नियम अनुसार खेल आयोजना गरिने भएकाले प्रतियोगितामा भागलिने क्लबहरू सँग फिफा नियम अनुसार सम्झौता गरिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले बताए ।

आयोजकले खेलका लागि ११ बुद्धे सर्त तथा नियमहरू बनाएको छ । सर्तहरुमा खेल श्री वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । खेल असोज २५ गते २ बजे बाट शुरु हुनेछ, खेल ९–९ जना खेलाडी बिच हुने छ । जसमा परिवर्तन हुने खेलाडीसहित जम्मा खेलाडी संख्या १४ जना, १–१ जना कोच र टिम मेनेजर रहन सक्ने छन् ।
त्यसैगरी खेलाडीहरूमा आइपर्ने स्वास्थ्य समस्या, चोटपटकको बारेमा आयोजकले जिम्मेवारी नलिने भएको छ । खेल ४५–१५–४५ मिनेटको हुनेछ । सो समयमा खेल बराबरी भएमा अतिरिक्त समय २० मिनेट थप्ने नियम आयोजकले राखेको छ । त्यसैगरी खेलाडीले मादक पदार्थ तथा लागू औषध सेवन गरेको पाइएमा खेलबाट निस्कासन गरिने व्यहोरा उल्लेख गरिएको छ । खेल सम्बन्धी कुनै पनि विवाद भएमा आयोजकको निर्णय अन्तिम निर्णय हुनेमा क्लव हरुलाई सम्झौता पत्र मार्फत पूर्व सूचित गरिएको छ । सहभागी क्लबको खेलाडीहरूले दिनको १ बजे सम्म खेल मैदानमा उपस्थित भइसक्नु पर्ने  समयको पाबन्दी लगाइएको छ ।

प्रतियोगितामा झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबको तर्फबाट खेलाडीहरूको सहभागिता रहने आयोजक एकता सपोर्टिङ क्लब सचिवालय सदस्य मोहनप्रसाद कोइरालाले जानकारी दिए ।

असोज २५ गते सुरु भएको प्रतियोगिता कार्तिक ३ गते समापन (फाइनल ) हुने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११, दोस्रो पुरस्कार राशि ५५ हजार ५ सय ५५ रहेको छ । त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद १ हजार, फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्झौता कार्यक्रममा आयोजकको तर्फबाट सचिवालय सदस्यहरू विशाल श्रेष्ठ, रामकृष्ण दाहाल, लक्ष्मीप्रसाद घिमिरे, गोविन्द गिरी, माधव खरेल, रमेश उप्रेती र दिवाकर मैनालीको उपस्थिति रहेको थियो ।
२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएका ले युवाहरूको सर्वाङीण विकास गरि उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी रहन्छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै वीर अमर सिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष कोचको व्यवस्था गरि १६ वर्ष मुनिका १ सय भन्दा बढी बालबालिकाहरूलाई खेलकुदको तालिम प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१