

झापाको विर्तामोडमा आँखा रोग विशेषज्ञहरुको सम्मेलन विहीबारबाट शुरु हुनेबारे पत्रकार सम्मेलन मार्फत जाकारी गराउदै आयोजक समितिका अध्यक्ष डा. पुरुषोत्तम जोशी ।

सम्मेलन विर्तामोड मेची आँखा अस्पतालको आयोजनामा हुन लागेको हो । शनिबारसम्म हुने उक्त सम्मेलनको सह आयोजकको रुपमा विर्तामोडकै दृष्टि आँखा अस्पताल र काँकरभिट्टाको मेची नेत्रालय रहेका छन् । स्वदेश र भारतबाट आउने १० जना आँखा रोग विशेषज्ञ गरेर दुई सय जना आँखा रोग विशेषज्ञहरुको सम्मेलनमा सहभागिता हुने छ ।
Views: 139

