खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो । ८ औ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए । खेलमा पछि परेको अवस्था उल्टयाउँदै १९ औ मिनेटमा रोहितले खेल बराबरी गरे । ३३ औ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए । ३५ औ मिनेटमा किरणले अग्रता ३–१ बनाए । पहिलो हाफमा बनाएको अग्रता सिङलिङले जोगाउन सकेन् ।
५७ औ मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे । ६३ मिनेटमा रोशनले खेल बराबरीमा ल्याए । खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराए । जितसंगै दलसिङले सेमीफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसंग खेल्नेछ । बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए । प्रतियोगिताको चौथो प्रि–क्वाटरफाइनल खेलमा विहिबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिच हुनेछ ।
मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (भारतीय ५ लाख) र उपविजेताले ४ लाख (भारतीय २ लाख ५० हजार) प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल आगामी अक्टोबर १५ तारिक हुनेछ ।