Aamsanchar

निर्वाचन कार्यालयको बैठक मोर्चाद्धारा बहिष्कार : चुनाव हुन नदिने मोर्चाको चेतावनी

Author Image
बिहिवार, चैत ३, २०७३

थरुहट मधेशी संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आज निर्वाचन कार्यालयद्धारा आव्हान गरिएको सर्वदलिय बैठक बहिष्कार गरेको छ ।

सरकारले मोर्चासंग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरि बलजफती स्थानिय चुनाव गर्न खोजेपछि मोर्चाले चुनावको विरोध गर्दै निर्वाचन कार्यालयको बैठक बहिष्कार गरेका हो । सरकारले आगामी बैशाख ३१ गते स्थानिय तहको निर्वाचन मिति घोष्णा गरि देशभरि स्थानिय निर्वाचन गराउन लाािग परेको छ । उक्त चुनावको तयारीका लागि जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदान केन्द्र तोक्ने र निर्वाचनको तयारीको विषयमा सर्वदलिय पक्षसंग समन्वय गर्न खोज्दा मोर्चाले उक्त बैठक बहिष्कार गरि निर्वाचन कार्यालयलाई चेतावनी दिएको मोर्चाको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सरकारले संविधान संसोधन मार्फत मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरेसम्म यस जिल्लामा स्थानिय चुनाव मात्र होईन कुनै प्रकारको चुनाव हुन नदिने निर्वाचन कार्यालयलाई चेतावनी थियो । मोर्चाले जिल्लाका पुराना गाविस, नगरपालिकालाई नयाँ नगरपालिका, गाउँपालिका र वडा कार्यालयको रुपमा संचालनमा ल्याउन दिने छैनांै, कार्यालयहरुमा झुण्डाईने बोर्ड, बनाईने लेटरप्याड, छाप, च्यानिते र तोडफोड गर्ने चेतावनी दिएको छ ।

मोर्चाले आईतबारदेखि जिल्लामा आन्दोलन घोषणा गर्दै गाउ गाउमा मधेश र स्थानिय चुनावका विषयमा जागरण अभियान लिई घरदैलो कार्यक्रम छ । मधेशका सबै नयाँ गाउँपालिका, नगरपालिका र वडा कार्यालयका कामकाजहरु ठप्प पार्ने जानकारी समेत दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर