Aamsanchar

हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ

Author Image
बुधवार, असोज २४, २०८०

काठमाडौं – चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

चापागाईं भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार भएका थिए ।

नातामा नाति पर्ने चापागाईंले २०६१ मंसिर १४ गते मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्यापश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर