Aamsanchar

एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत

Author Image
बिहिवार, असोज २५, २०८०

धनगढी – नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन्। सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन्। उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन्।

यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए। अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ।

उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ। उनीहरुबिच पनि सहमतिको प्रयास भइरहेको छ। स्रोतका अनुसार अध्यक्षका उम्मेदवार भरत साउद र उपसचिवमा कन्दकला रानाले पनि उम्मेदवारी फिर्ता लिन करिब सहमति भैसकेको छ।

उनीहरूले उम्मेदवारी फिर्ता लिए अध्यक्षमा कृष्णप्रसाद जैशी र उपसचिवमा भागरथी विष्ट चयन हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर