Aamsanchar

वडाबाट अनुमति लिएर मात्रै विवाह गर्न पाइने

Author Image
शनिवार, असोज २७, २०८०

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाभित्र विवाह गर्दा सम्बन्धित वडाबाट अनुमति लिनुपर्ने भएको छ। बालविवाह न्यूनीकरणका लागि पालिकाले वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।

गाउँपालिका अध्यक्ष विमर्श मुक्तानका अनुसार विवाह हुनुभन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने छ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर १ गतेदेखि अनुमति लिएर मात्रै विवाह गर्न दिने निर्णय गरेको हो। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ)बमोजिम महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)