नेपालको २० औं शाखाको रूपमा आजदेखि एक्पर्ट एजुकेशनको शाखा दमकमा सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बिच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक्सपर्ट दमक शाखाको उद्घाटन गरेकी हुन ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अस्ट्रेलिया लगायत विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थी हरूलाई परामर्श र भिसाका लागि सहजीकरण गर्दै आएको छ ।
‘दुई दशक देखि शैक्षिक परामर्श सेवा प्रवाह गर्ने क्रममा एक्सपर्टले हजारौं विद्यार्थी, अभिभावकहरूको मन र विश्वास जित्न सफल भइसकेको छ, एक्सपर्ट जहाँ जहाँ खुलेको छ, त्यहाँ व्यवसायिक बनेसँगै सामाजिक उत्तरदायित्व पनि एक्सपर्टले वहन गर्दै आएको हुनाले एक्सपर्ट प्रतिको विश्वास समाजमा बलियो रहेको’ आफ्ना चार जना छोरीहरूलाई एक्सपर्ट सँग परामर्श लिएर विदेश पढ्न पठाएका अभिभावक केशवप्रसाद ओझाको भनाई छ ।
माई पश्चिमका विद्यार्थीलाई सहज होस् भनेर शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल डाइरेक्टर खेम संग्रौलाले बताए । एक्सपर्टले विश्वका २० वटा मुलुकमा शाखा विस्तार गरिसकेको संग्रौलाले जानकारी दिए । विद्यार्थीलाई पहिलो दिनदेखि सेटलमेन्टमा सहजिकरण गर्ने गरिएको उनले बताए । हुनेलाई हुने, नहुनेलाई नहुने भनेर विद्यार्थीलाई प्रष्ट पारेर काउन्सिल गर्ने गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराई, दमक–५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । एक्सपर्ट का सिइओ खेम संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अभिचन्द्र प्रसाईँले गरेका थिए भने कार्यक्रमको सञ्चालक पत्रकार केशव भट्टराईले गरेका थिए ।
भरपर्दो शैक्षिक परामर्श दाता र सामाजिक उत्तरदायित्व वहन गरेर दमक नगरमा चम्किलो र ओझिलो संस्था एक्सपर्ट बन्नेमा आशावादी रहेको स्थानीय सरोज पौडेलले बताए ।
एक्सपर्टले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्नको लागि छुट्टै कोष स्थापना गरेको छ । एक्सपर्ट फाउण्डेसनको मार्फत समाजिक कार्य गर्दै आएको छ । फाउण्डेसनमा एक्सपर्टका सबै कर्मचारी गरेर चार हजार सदस्य रहेका छन् ।