Aamsanchar

सात वर्षदेखि एक्स–रे प्रयोगविहीन

Author Image
शुक्रवार, चैत ४, २०७३

तेह्रथुम।

तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर खरिद गरेका छन् । तर दक्ष प्राविधिक अभाव हुँदा तालिमका भरमा अन्य स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरे पनि सञ्चालनमा आउन सकेको छैन ।

बरु प्रयोगमा नआई मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । २०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निःशुल्क एक्स–रे मेसिन उपलब्ध गराएको थियो ।

केन्द्रमा एक्स–रे मेसिन भएर पनि सञ्चालनमा नआउँदा यहाँका करिब एक दर्जन गाउँवासी सामान्य एक्स–रे सुविधा लिनसमेत महँगो भाडा बेहोरेर नजिकमा पाँचथरको फिदिम हुँदै झापासम्म पनि धाउन बाध्य छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)