Aamsanchar

दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप : झापा ११ एफसी फाइनलमा प्रवेश

Author Image
सोमवार, असोज २९, २०८०

चारपाने । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो ।

खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र पास खेलेको झापा ११ ले सैनिकलाई ६–२गोल अन्तरले पाखा लगाएको हो ।

खेलको १५ औँ मिनेटमा झापा ११ का पेमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३० औँ र ५० मिनेटमा मनिष लिम्बूले गोल गर्दै टिमलाई तीन गोलको अन्तर बनाए ।

त्यस्तै, खेलको ४४ औँ र ६० औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल गरे भने ५४ औँ मिनेटमा विशाल थिङले एक गोल गरेका थिए ।

सैनिकका लागि खेलको अन्त्यमा राष्ट्रिय टोलीका पूर्वसदस्य रेजिन सुब्बाले ५२ औँ र ६२ औँ मिनेटमा गोल गरेका थिए ।

सोमबारको खेलको प्लेयर अफ द म्याच झापा ११ का २ गोलकर्ता मनिष लिम्बू भए । उनलाई आजका प्रमुख अतिथि झापा ११एफसीका अध्यक्ष जलकुमार गुरुङले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

एकता स्पोर्टिङ क्लबले प्रतियोगिता सम्पन्न गर्नको लागि २६ सदस्यीय सचिवालय टिम बनाएको छ । सचिवालयमा क्लबका अध्यक्ष किरण पौडेल, गोविन्द गिरी, लक्ष्मीप्रसाद घिमिरे,  देवी काफ्ले, मोहनकुमार कोइराला, रमेश उप्रेती, खेम गिरी, देवी राजवंशी, दिवाकर मैनाली, त्यसैगरी सुशील थापा, विशाल श्रेष्ठ, कल्पना पोखरेल, माधव खरेल, येशू कन्दङ्वा लिम्बू, सरोज आचार्य, राजन सेलवाल, आशिष संग्रौला, नवीन बजगाईँ, पंकज बजगाईँ, रमेश अधिकारी, मदन अधिकारी, सुरसिंह विष्ट, सरोज कार्की,  रूपेश सुब्बा, मिलन उप्रेती र दिपेन श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१