Aamsanchar

ट्रकको ‘ब्रेक फेल’ भई सवारीसाधनलाई ठक्कर दिँदा मृत्यु

Author Image
शुक्रवार, चैत ४, २०७३

काठमाडौँ ।

चन्द्रागिरि नगरपालिका, दूरसञ्चार चोकस्थित मूल सडकमा नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको ट्रकको ‘ब्रेक फेल’ भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा आज दुई जनाको ज्यान गएको छ ।

ना ३ ख ९७७३ नं को सो ट्रकले अनियन्त्रित भई मिनीट्रक, ट््याक्सी, कार र दुई स्कुटरमा ठक्कर दिँदा मिनीट्रकका चालक झापा अनारमनि बस्ने ३७ वर्षीय डम्बर पोखरेल उपचारका क्रममा वीरअस्पताल ट्रमा सेन्टरमा र बा १ ज ७९६७ नं का ट्याक्सी चालक काभ्रेपलाञ्चोक, पनौतीका ४६ वर्षीय कान्छा बलि लामाको बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ट्याक्सीमा सवार कास्की पोखरा बस्ने कृष्णा थापा, उनकी पाँच वर्षीया छोरी केडिना, बालुवाटार बस्ने अञ्जु आले र उनका चार वर्षीय एडिक आले मगर, स्कुटर चालक नुवाकोट, विदुरका रामभक्त पौडेल र स्कुटर चालक थानकोट बस्ने बालकृष्ण ढकालको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले चिकित्सकलाई उद्धृत गर्दै उपचाररत अन्यको अवस्था सामान्य रहेको र दुई जनाको अवस्था गम्भीर भए पनि खतरामुक्त रहेको बताउनुभयो । ट्रकका चालक नवलपरासी, बर्दघाटका मनोज भनिने रहेको र उनी दुर्घटनापछि फरार रहेकाले खोजी जारी रहेको बताइएको छ । सो ट्रक भैरहवाबाट सिमेन्ट बोकेर राजधानी आइरहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१