Aamsanchar

२८ वर्षे युवकले ८२ वर्षीयासँग गरे विवाह

Author Image
शुक्रवार, चैत ४, २०७३

तपाईंले थुप्रै पटक मानिसको मुखबाट ‘प्रेम अन्धो हुन्छ’ भन्ने वाक्य सुन्नुभएको होला । प्रेममा पर्ने मानिसहरु एकअर्काको प्रेमबाहेक केही पनि सोच्दैनन् । उनीहरु न त उमेर हेर्छन् न रुप नै । यस्तै केही भएको छ २८ वर्षका सोफयां लोहो डानडेलसँग ।

२८ का बेहुला, बेहुली ८२ वर्ष

सोफयां इन्डोनेसियामा बस्छन् । २८ वर्षका यी युवक प्रेममा परे । प्रेम ती महिलाको आवाजमार्फत भयो जसको फोन उनलाई गलत नम्बरमार्फत आएको थियो । तर सोफयांलाई उक्त आवाज यति मन पर्यो कि उनले त्यो नम्बरलाई सेभ गरे । फोन मार्था पोटूको थियो जसले गल्तीपूर्वक सोफयांलाई फोन गरेका थिए । मार्था ८२ वर्षका विधवा महिला थिइन् जो आफ्नो घरमा एक्लै बस्थिन् । सोफयांले त्यसै नम्बरमा दोस्रोपटक फोन गरे र त्यसपछि दुबैबिच कुराकानी हुन थाल्यो । यी युवकलाई थाहा थिएन कि त्यो मधुर आवाज भएकी महिला उनको उमेरको नभई आफ्नी हजुरआमाको उमेरकी हुन् । फोनमा यी दुईको निकै दिनसम्म कुराकानी भइरह्यो ।

फोनमार्फत सुरु भयो प्रेमः

निकै दिनसम्म फोनमा कुरा भएपछि दुबैले भेट्ने निर्णय गरे । सोफयांले मार्थासँग उनको घरको ठेगाना मागे । मार्थाले पनि मनमनै उनलाई मन पराउन थालिसकेकी थिइन् त्यसकारण घरको ठेगाना दिइन् ।

मार्थालाई देखेर दंगः

मार्थालाई भेट्न उनी उनको घर गए । उनले घरको ढोका ढक्ढकाउँदा एक वृद्ध महिलाले ढोका खोलिन् । सोफयांले आफू मार्थालाई भेट्न आएको बताए । उनले सोचेका पनि थिएनन कि ढोका खोल्ने ती वृद्ध महिला नै मार्था हुन् । पछि उनले आफू नै मार्था भएको बताइन् । उनलाई देखेर सोफयां दंग भए । उनलाई विश्वास भएको थिएन कि यतिका दिनसम्म जोसँग कुरा गरिरहेका थिए ती ८२ वर्षकी एक वृद्ध महिला हुन् ।

वास्तविक प्रेमः

सोफयां ८२ वर्षकी मार्थालाई देखेर अश्चर्यचकित भए तर आफू एक अर्कासँग वास्तविक प्रेम भएकाले सोफयांले बिना कुनै संकोच मार्थालाई विवाहको प्रस्ताव राखे । यो प्रस्ताव देखेर मार्था दंग भइन् र प्रस्ताव मंजुर गरिन् । दुबैले एक अर्कासँग विवाह गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१