Aamsanchar

अव अर्जुनधारा धामको स्वरुप परिवर्तन हुदै

Author Image
शनिवार, चैत ५, २०७३

पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम मन्दिरको छनोमा ताम्रपत्र लगाउने कार्यहुदै ।

आम जनमानसलाई धाम प्रति योगदानमा सहभागी गराउने उदेश्यले एकजना वाट १ किलो पुरानो पत्रुतामा संकलिन गर्ने कार्य मन्दिर समितिले लामो समयदेखि सुरु गर्दै आएको छ ।  सो कार्यवाट हाल सम्म ४ सय ८२ किलो ८ सय १० ग्राम तामा र २३ किलो २ सय २० ग्राम पित्तल धामले संकलन गरि सकेको छ ।

अहिले भई रहेको कामको लागी समितिले थप ७ सय २२ किलो तामा र ३ सय ३५ किलो पित्तल खरिद गरेर निर्माणलाई निरन्तर दिदै आएतापनी काम सम्पन्न पुरा गर्न २५ सय किलो तामा र १५ सय किलो पित्तल लाग्ने भएको हुँदा समितिको आर्थिक श्रोतले नभ्याउने भएकोले  गाउँ घर हुम्ती अभियानवाट तामा, पित्तल संकलन कार्य धाम समितिले सुरुगर्ने भएको छ ।

घर घरमा प्रयोग विहिन बनेका तामा पित्तलका सामान मन्दिरलाई दिएर सहयोग गर्न समितिले सबैमा अनुरोध गर्दे आएको समितिका अध्यक्ष नविन गट्टानीले शनिबार धाममा आयोजित पत्रकार सम्मेलनमा बताए ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर