Aamsanchar

अपाङ्गता भएकाको सहयोगार्थ ‘बिर्तामोड महोत्सव’

Author Image
शनिवार, चैत ५, २०७३

झापा ।

मेची अञ्चलको व्यापारिक केन्द्र बिर्तामोडमा आजबाट ‘बिर्तामोड महोत्सव’ सुरु भएको छ । महोत्सवको उद्घाटन प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गर्नुभएको हो ।

शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिको सहयोगार्थ महोत्सव सुरु भएको हो । बिर्तामोड अपाङ्गता स्वालम्बन संस्थाको आयोजनामा सुरु भएको सो महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा स्थानीय सुगम शान्ति टोल सुधार समितिका अध्यक्ष सुवास भट्टराई, समाजसेवी युवराज विमलीलगायतले फरक क्षमता भएकालाई लक्षित गर्दै सञ्चालन गरिएको महोत्सवमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

महोत्सवबाट सङ्कलित रकमले फरक क्षमता भएकाहरुका लागि सहयोग पु¥याउन अक्षयकोष स्थापना गरिने बताइएको छ । उक्त महोत्सवमा ५० व्यापारिक कक्ष राखिएका छन् ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर