Aamsanchar

सर्वाधिक राशीका पाँच पुरस्कार घोषणा

Author Image
आइतवार, चैत ६, २०७३

बिर्तामोड ।

रुद्र– गौरी श्री – अम्बिका ओली प्रतिष्ठानले विभिन्न पाँच विधाका पुरस्कार शनिबार घोषणा गरेको छ ।  झापाको भद्रपुर–११ मा रहेको प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार २०१६ का लागि घोषणा गरेको हो ।
त्यस्तै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार र श्रीप्रसाद ओली साहित्यिक पुरस्कारको समेत घोषणा गरिएको छ । बाल पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ भने यसैवर्षबाट स्थापना गरिएको साहित्यिक पुरस्कारको राशी ५१ हजार एक रुपैयाँ रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कारको घोषणा गर्दै रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार यसवर्ष महारानी झोडा साना किसान कृषि सहकारी संस्था लि। झापालाई प्रदान गरिने जानकारी दिनुभयो । पुरस्कारको राशी रु १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
सहकारीकरणको सिद्धान्त अनुरुप १ हजार ८ सय ४५ जना महिलालाई संगठित गराई कृषि क्षेत्रको विकासमा ८० विगाह जमिन एकीकृत पद्धतिद्वारा चाक्लाबन्दीको शुरुवात गरी आधुनिक कृषि प्रविधि प्रयोग गर्दै कृषि क्षेत्रमा नविनतम् प्रयोगका साथै यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकीकरण गर्दै राष्ट्रलाई कृषिक्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उक्त संस्थालाई पुरस्कार प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरस्कारको राशी रु १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार यसवर्ष हेटौडामा रहेको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । शारीरिक असक्त , मानसिक असन्तुलित भई बेसाहारा वनी सडकमा रहने मानवलाई एकीकृत गर्दै मानव सेवामा आश्रमले पु¥याएको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिने भएको बताइएको छ । सो पुरस्कारको राशी पनि पुरस्कारको राशी रु १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यसैगरी अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार झापा धुलाबारीका चन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी रु १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।  मोफसलमा रहेर विद्युतीय सञ्चारमाध्यमबाट समाज रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार भण्डारीलाई प्रदान गर्न लागिएको जानकारी दिइयो । पत्रकार भण्डारी झापामा रहेको कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक हुनुहुन्छ भने उहाँ नेपाल पत्रकार महासंघका संस्थापक महासचिव हुनुहुन्छ ।
५१ हजार १ सय ११ हजार रुपैयाँ राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार चःमती काठमाडौं निवासी सृष्टि महर्जनलाई प्रदान गरिने भएको छ । सन् २०१२ मा टर्कीमा आयोजित नेपाली सांस्कृतिक कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको कला संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिभा प्रतियोगीहरुमा गहना तथा उच्च उपाधि प्राप्त गर्न सफल भएको भन्दै उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको बताइएको हो ।
यसैगरी प्रतिष्ठानले यसवर्षबाट श्रीप्रसाद ओली साहित्य पुरस्कारको समेत घोषणा गरेको छ । ५१ हजार १ रुपैयाँ राशी रहेको उक्त पुरस्कार यसवर्ष लेखनाथ पुस्तकालय भद्रपुर झापालाई प्रदान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यको व्यवस्थापनका लागि लेखनाथ पुस्तकालयलाई थप नौ हजार रुपैंयाँ प्रत्येक वर्षको कार्यक्रम गर्न पुरस्कार समेत थप गरी एकमुष्ट साठी हजार रुपैंयाँ प्रदान गरिने जनाइएको छ । यस प्रतिष्ठानको सहमतिमा स्रष्टाछनोट, स्रष्टासम्मान लगायतका कार्यहरु लेखनाथ पुस्तकालयले नै गर्नुपर्ने बताइएको छ ।

यसैगरी अमेरिकास्थित मिसन रिबिल्ड नेपालको सहकार्यमा सिन्धुपालचोकको सिपापोखरेमा महाविनासकारी भूकम्पबाट घरबारविहीन भई पीडित भएकाहरुलाई आश्रय दिन प्रतिष्ठानले पारिवारिक स्रोत जुटाई यस वर्ष ११ वटा भवन निर्माणका लागि पाँच लाख रुपैंयाँ सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मसन रिबिल्ड नेपालद्वारा उक्त स्थानमा ८५० घरहरु निर्माण कार्य सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालको एक मात्र साझेदार हुन पाएको भन्दै प्रतिष्ठानले मिसन रिबिल्ड नेपाल, अमेरिकालाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिष्ठानका सदस्य अशोक ओली र सन्जना श्रेष्ठ ९ओली० ले अमेरिकाको टेक्सास स्थित नर्थ टेक्सास युनिभर्सिटीमा अमेरिकी डलर एक हजार पाँछसय बराबरको अन्तरराष्ट्रिय ’गंगा–शारदा ओली पुरस्कार’ को स्थापना गरेको भन्दै वधाई ज्ञापन गरिएको थियो ।

पुरस्कार आगामी वर्ष २०७४ साल वैशाख ४ गते वितरण गरिने प्रतिष्ठानका सचिव यज्ञराज ओलीले जानकारी दिनुभयो । पुरस्कार घोषणा समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभाषद यज्ञनिधि प्रसाईले प्रतिष्ठानले गरेका सकारात्मक कार्यको प्रशंसा गरेका थिए ।

Views: 149

प्रतिक्रिया (०)