फागुन २०७९ मा एक करोड ३४ लाख ९० हजार १७८ रहेका एनसेल प्रयोगकर्ता असार २०८० सम्म आइपुग्दा घटेर एक करोड ३२ लाख ३३ हजार ३९८ मा सीमित भएका छन् । तर सोही अवधिमा प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमले भने जीएसएम मोबाइल सेवातर्फ सात लाख ३२ हजार १०७ नयाँ ग्राहक बनाएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
यससँगै नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड तीन लाख ९४ हजार ९५३ पुगेका छन् । मोबाइल ब्रोडब्यान्ड तर्फको कुरा गर्ने हो भने नेपाल टेलिकमका ग्राहक एक करोड ९० लाख ८८ हजार ४४९ रहेका छन् भने एनसेलका ग्राहकको सङ्ख्या ८९ लाख १४ हजार २६ मात्र रहेको छ । साभार: टेकपाना