Aamsanchar

बाह्रदशीको साधुकुटीमा “श्रीमद्भागवत धनधान्याचल राष्ट्रशान्ति पुर्वान्चल धार्मिक महामहोत्सव”हुँदै

Author Image
बिहिवार, कार्तिक २३, २०८०

बिर्तामोड – झापाको बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम कन्चनगढधाम साधुकुटीमा “श्रीमद्भागवत धनधान्याचल रास्ट्रशान्ती पुर्वान्चल धार्मिक महामहोत्सव हुने भएको छ । यहि मङ्सिर १८ गते देखि २६ गते सम्म ख्यातीप्राप्त सुप्रसिद्द कथावाचक श्री ईश्वरकृष्ण महाराज ज्युको मुखारविन्दबाट महामहोत्सव हुने भएको हो ।
सोही कुराको मध्यनजर गर्दै ५५१ सदस्यीय “महामहोत्सव आयोजक समिती“ गठन गरिएको छ । श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपा आश्रम संरक्षण समितीको सत्सङ्ग भवनमा आयोजित आमभेलाले ज्ञानु सुवेदीको संयोजकत्वमा समिती गठन गरिएको हो ।
कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष ज्ञानु सुवेदी, आमभेला संयोजन योगेश पौडेलको रहेको थियो । कार्यक्रमका सभापती तथा बाह्रदशी–६ का वडाध्यक्ष रत्न प्रकाश योङ्गहाङ्गले पानसमा बत्ती बालेर रुपमा कार्यक्रम उदघाटन गर्नुभएको थियो । साथै गौरीशंकर गुरुकुलका गुरुहरु र विधार्थीहरुले स्वस्ती वाचन गर्नुभएको थियो ।
योगेश पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रम बारे ज्ञानु सुवेदीले प्रकाश पार्नुभएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष मधुराम पनेरु, हिमाली मा.वि का प्रधानाध्यापक धर्मानन्द निरौला, समाजसेवी लक्ष्मण पाठक, कन्चनगढ एजुकेशन फाउन्डेशनका संस्थापक तथा समाजसेवी जीवन पनेरु, बाह्रदशी गाउँपालिका प्रमुख देविन्द्र प्रसाद चम्लागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सुचना तथा सञ्चार विभाग प्रमुख दिपेन्द्र खरेलले गर्नुभएको थियो ।
उक्त पुर्वान्चल धार्मिक महामहोत्सवमा परापुर्व देखि लाग्दै आएको कन्चन जलढाला धार्मिक वृहत मेला पनि लाग्ने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर