काठमाडौं,

प्रहरी महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले भोली फैसला सुनाउने भएको छ ।

बहस सकिएकाले आजै फैसला सुनाउने तयारी गरिएपनि सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले भोलीका लागि तय गरिएको हो । सर्वोच्चको पुर्ण इजलासमा आज सरकारका तर्फबाट सहन्यायधिवक्ता र उपमहान्याधिवक्ताले बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहस भएको थियो । चन्दका पक्षका कानुन व्यवसायिले भने बहस गर्न अश्विकार गरेका छन ।
निवेदकका तर्फका कानुन व्यवसायिको बहस हिजो सकिएको थियो । महानिरिक्षक सम्बन्धि मुद्धाको अन्तिम सुनुवाईका लागि प्रधानन्यायाधीश सुशिला कार्की, न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आन्नद मोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको पुर्ण इजलास गठन गरिएको छ । निवेदकका तर्फवाट बहस गर्दै कानुन व्यवसायिले पहिलो वरियताका नवराज सिलवाललाई नै महानिरीक्षक बनाउनुपर्ने बताएका छन ।

सरकार पक्षका वकिलले भने मन्त्रिपरिषदको निर्णयको बचाउ गर्दै कानुनसम्मत भएको बिषयमा सर्वोच्चले प्रश्न उठाउन नमिल्ने तर्क राखेका छन । प्रहरी महानिरिक्षकमा तेस्रो वरियताका चन्दलाइ नियुक्त गरिएपछि दावेदार डिआइजी सिलवालले सरकारी निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

