Aamsanchar

जित्नेगरी लाग्न पौडेलको कार्यकर्तालाई निर्देशन

Author Image
मङ्गलवार, चैत ८, २०७३

इलाम।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन जसरी पनि हुने भन्दै निर्वाचनमा जित्नेगरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस इलामले  सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले भ्रम चिर्दै जनताको भावना बुभ्mन र जनअपेक्षाअनुसारको काम गर्नपनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।  अब काँग्रेसको नीतिले मात्र जनताको सबै समस्या समाधान गर्नसक्ने भएकोले उक्त नीतिबारे जनतालाई चेतनशील बनाउन सके काङ्ग्रेस जति ठूलो पार्टी अरू बन्न नसक्ने उहाँको भनाइ थियो ।

काँग्रेस बलियो भएन भने लोकतन्त्र बलियो नहुने भन्दै उहाँले काँग्रेसको एकता अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।  आगामी निर्वाचनका लागि काँग्रेसबाट उम्मेदवार चयन गर्दा मिलाएर गर्ने र आगामी बैठकले त्यो बारेमा कार्यविधि निर्माण गर्ने पनि नेता पौडेलले बताउनुभयो ।

महामन्त्री डा शशाङ्क कोइरालाले केन्द्रीय समितिको चैत १० गते हुने बैठकपछि आउने निर्देशनलाई आत्मसात गर्दै निर्वाचनका लागि निर्देशन पाउने बित्तिकै गाउँ जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।  केन्द्रीय सदस्य शेखर कोइरालाले सङ्घीय गणतन्त्र कसैलाई मन परे वा नपरे पनि आइसकेकाले व्यवस्थित र संस्थागत गर्नुपर्ने बताउनुभयो । एक प्रतिशतभन्दा कमले मात्र बोल्ने हिन्दी भाषा राष्ट्रिय भाषा नहुने बताउँदै अङ्गिकृत नागरिकता लिएका नागरिकले राज्यको संवेदनशील पद नपाउने उहाँको भनाइ थियो ।

नेता पौडेलसहित काङ्ग्रेसका महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला, धनराज गुरूङ, गुरूराज घिमिरेलगायतका नेताहरू प्रशिक्षण कार्यक्रमको सिलसिलामा इलाम आइपुग्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर