Aamsanchar

झापाबाट १५ जना जुवाडे पक्राउ

Author Image
शुक्रवार, मंसिर १, २०८०

झापा- गौरादहमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ३ बजे उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

गौरादह– ३ का युवराज खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरादह र दमकको टोलीले उनीहरूको साथबाट एक लाख ३५ हजार ९२० रुपैयाँ ,१६ थान कौडा र ३ बुक तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको छ

Views: 140

प्रतिक्रिया (०)