Aamsanchar

काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं –काठमाडौंको न्यूनतम तापक्रम आज बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो ।

आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

“केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले  भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।

“तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।

केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर भारी हिमपात सुरु भइसकेको छैन । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही क्षेत्रमा हल्का हिमपात हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर