Aamsanchar

बिर्तामोडको शास्वत एक्सप्रेस हवाइ टिकट विक्रीमा देशकै उत्कृष्ट ‘टप थ्री’मा

Author Image
बुधवार, चैत ९, २०७३

बिर्तामोड ।
नेपाल एयरलाइन्सले झापाको बिर्तामोडस्थित शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्सलाई उत्कृष्ट एजेन्सीको एवार्ड प्रदान गरेको छ ।
आन्तरिक उडानतर्फ सबैभन्दा बढी यात्रु टिकट बिक्री गर्न सफल देशभरका एजेन्सीहरुमध्ये शास्वतलाई उत्कृष्ट तेस्रो (टप थ्री) घोषित गरी नेपाल एयर लाइन्सले सम्मान गरेको छ । शास्वत एक्सप्रेसका सञ्चालक मोहन सिलवाल (मनोरथ)लाई काठमाडौंमा आयोजित समारोहकाबीच पर्यटन मन्त्री दिलनाथ गिरीले सम्मान पत्र र ट्रफी प्रदान गरे ।
सिलवाललाई नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सौगातरत्न कंसाकार र व्यापार निर्देशक जनकराज कालाखेतीले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट व्यवसायका निम्ति शुभकामना दिए ।
सिलवालले तीन वर्षदेखि शास्वत एक्सप्रेस मार्फत नेपाल एयरलाइन्सको यात्रु टिकट सेवा शुरु गरेका हुन् । झापामा एकमात्र विमानस्थल भद्रपुर रहेको र काठमाडौंको लागि मात्र यहाँबाट जहाजले उडान भर्दै आएको छ । नेपाल एयरलाइन्सले सातामा दुईपटक मात्र काठमाडांै–भद्रपुर–काठमाडौं सेवा दिँदा पनि शास्वत एक्सप्रेस देशभरबाट सबैभन्दा बढी टिकट बिक्री गर्ने एजेन्सीहरुको ‘टप थ्री’मा पर्न सफल भएकोमा सञ्चालक सिलवालले खुसी व्यक्त गरे । उनले भने– ‘हामीजस्तो सानो पूँजी लगानी गरेर व्यवसाय गर्नेहरुलाई नेपाल एयरलाइन्सको एवार्डले प्रोत्साहित गरेको छ ।’
सिलवाल २१ वर्षदेखि ट्राभल्स एण्ड टुर्स व्यवसायमा क्रियाशील छन् । २०६२ सालदेखि बिर्तामोड–१ पश्चिम बस स्टेण्डमा उनले शास्वत एक्सप्रेस मार्फत हवाइ टिकट लगायत सेवा उपलब्ध गराउँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१