राजविराज ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत आजको अनिवार्य जनसङ्ख्या तथा वातावरण विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने चार निरीक्षकलाई जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले निष्काशन गर्नुभएको छ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त अनुगमन टोलीले अमर्यादित क्रियाकलाप गरेको आरोपमा सप्तरीका खुरहरीयास्थित जनता मावि परीक्षा केन्द्रबाट तीन तथा पथरगाडास्थित एसएलपी मोहकी पथरगाडा मावि परीक्षा केन्द्रबाट एक गरी कुल चार निरीक्षकलाई निष्काशन गरिएको जिशिअ पाण्डेले जानकारी दिनुभयो ।
सप्तरीमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२ हजार ८९२ जना छात्रछात्रा सहभागी छन् ।

Views: 126

