Aamsanchar

झापा : दुई वटा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृ*त्यु, दुई घाइते

Author Image
सोमवार, मंसिर १८, २०८०

झापा – झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे ११ बजेको समयमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फुलवासा पुलमा गएर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका -३ का २० वर्षीय मनिस बास्कोटालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अर्को मोटरसाइकल चालक झापा गाउँपालिका-३ का २० वर्षीय सौरव बास्कोटा र सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय सुमन पौडेल घाइते भएका छन्। बास्कोटाको बीएण्डसी अस्पताल र पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ।

 

दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टाले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर