Aamsanchar

राजमार्गको कल्भर्टमा धमाधम रड थप्दै ठेकेदार

Author Image
शुक्रवार, चैत ११, २०७३

बिर्तामोड।

सार्क राष्ट्र जोड्ने सडकको रुपमा हेरिएको पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोडमा गत असोजमा आएको वर्षा पछि कल्भर्ट भत्किदाँ राजमार्ग अवरुद्ध भई अस्थाई डाइर्भसन मार्फत सडक सुचारु गरिएको लामो समय बिसकेको छ ।

हाल निर्माणाधिन अवस्थामा रहेको उक्त कल्भर्टमा तीन सुते रडको प्रयोग गरेको पाइएपछि आमसञ्चार अनलाईले उक्त विषय उठाएको थियो । ठेकेदारको चर्को आलोचना भएपछि हाल धमाधम रड थप्ने काम भई रहेको छ । सामान्यतः घर बनाउन ५ सुतेभन्दा बढीनै मोटाइको रड प्रयोग गरिन्छ । यो हिसाबले पुल तथा कल्भर्ट बनाउन कम्तीमा ८÷१० सुते रड प्रयोग हुने सहजै अनुमान लगाउन सकिन्छ । प्राविधिक दृष्टिले पनि त्यो उपयुक्त हुन्छ ।
तर, पूर्व–पश्चिम मुख्य राजमार्गमा भत्किएको कल्भर्ट तीन सुते रड प्रयोग गर्दै धमाधम निर्माण भइरहेको थियो । मापदण्ड विपरीत सडक डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा ठेकेदार कम्पनीले बिर्तामोडको मुक्तिचोकबाट एक किलोमिटर पूर्व नयाँ बसपार्क मोडिने ठाउँमा भत्किएको कल्भर्ट निर्माण गरिरहेको छ । केही चार सुते रड प्रयोग गरिए पनि पिलरका लागि उठाइएका सबै रड तीन सुते छन् । तीन सुते रडले राजमार्गमा गुड्ने सवारीको भार थेग्न नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

गत असोजमा आएको अविरल बर्षाका कारण कल्भर्ट भत्किएर सडक नै अवरद्ध भएको थियो । तत्काल डाइभर्सन गरी यातायात सुचारु गराइए पनि अझै उक्त कल्भर्ट निर्माणको काम पूरा भएको छैन ।  सडक डिभिजन कार्यालय दमकले उक्त कल्भर्टका लागि पुस १७ गते बिर्तामोडमा रहेको एभरग्रीन कन्स्ट्रक्सनसँग सम्झौता ग¥यो । सोही सम्झौता अनुरुप अहिले कल्भर्ट निर्माणको काम भइरहेको छ तर ठेकेदार कम्पनीले राजमार्गको कल्भर्ट निर्माण गर्दा समेत तीन सुते रड प्रयोग गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सात मिटर लम्बाइ र १२ मिटर चौडाइ भएको कल्र्भट निर्माण गरिँदैछ । कल्भर्ट निर्माणका लागि उठाइएका तीन वटा पिलरमा सबै तीन सुते रड प्रयोग गरिएको त्यहाँ कार्यरत मजदुरले बताएका छन् ।

ठेकेदार कम्पनीका भरत भट्टराईले ३५ प्रतिशत काम सम्पन्न भइसकेको र एक महिनाभित्र स्ल्यापिङको काम गरिने आमञ्चारलाई बताए । उनले भने– केही त्रुटी छ, एक साताभित्र हाम्रो काम देख्नुहुन्छ, अहिले हामी पुल निर्माणकै चरणमा छौं । असार मसान्तसम्ममा उक्त कल्भर्ट निर्माणको काम सम्पन्न गर्नुपर्ने सडक डिभिजन कार्यालय दमकसँग सम्झौता गरिएको छ ।

६४ लाख ५० हजार रुपैयाँको लागतमा कल्भर्ट निर्माण गर्ने सम्झौता भएको कन्स्ट्रक्सनका सञ्चालक भट्टराईले बताए । डिजाइनमा केही त्रुटी भएकै हो, यो त्रुटी मेरो कम्पनीले गरेको होइन, सडक डिभिजन कार्यालयका इञ्जिनियरले गरेको डिजाइन अनुसार हामीले काम अघि बढाएका छौं– उनले भने ।
यता सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले पुल निर्माणमा त्रुटी भएको स्वीकार्दै त्यसलाई तत्काल सच्याउने बताएका छन् ।

आमञ्चार अनलाईनको निरन्तरको खबरदारी र निगरानी पछि हाल धामधम रड थप गरेर कामलाई अगाडी बढाउने काम भईरहेको छ । सडक बिग्रिएको ६ महिना बिति सक्दा समेत काम सम्पन्न नहुदा यात्रु तथा चालकलाई सास्ती भएको गुनासो गरेका छन् ।

Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर