Aamsanchar

दमकबाट चोरीमा संलग्न पक्राउ

Author Image
शुक्रवार, चैत ११, २०७३

झापा।

झापाको दमकमा तीनदिन अघि सफल कम्यूटर पसलमा सटर फोरेर चोरी भएको घटनामा संलग्नलाइ प्रहरीले पक्राउ गर्न सफल भएको छ । ४ थान ल्यापटप सहित बिभिन्न अन्य सामाग्रि चोरीमा संलग्नहरुलाइ सिसि क्यामेरामा कैद भएको फुटेजको आधारमा प्रहरीले दूइदिनमा नै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए ।

‘सुनसरीबाट सोमबार बेलुका आएर त्यहि दिन योजना बनाएर उनिहरुले कम्प्यूटर पसलमा चोरी गरेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ ।’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए । उनका अनुसार सोहि दिन दमकबाटै एउटा मोटरसाइकल समेत चोरी भएको र अनुसन्धानको क्रममा ल्यापटप चोरीमा संलग्नहरुले सोहिदिन मोटरसाइकल पनि चोरेर त्यहि प्रयोग गरि सुनसरी लागेका थिए ।

दमक १३ र हाल ८ नम्बरका रामबहादुर थापाको घरको प्यासेजबाट चोरी भएको मोटरसाइकल को २७ प ७४२८ नम्बरको मोटरसाइकल सहित पाँचथर रबि ३ बस्ने हेजल लिम्बुलाइ पक्राउ गरेपछि अनुसन्धानको क्रममा ल्यापटप चोरीमा पनि उनको संलग्नता पाईएको थियो । उनलाइ हाल इलाका प्रहरी कार्यालय दमकमा ल्याएर अनुसन्धान भइरहेको छ ।

कोशी हरैचा १० बस्ने बर्ष २२ का बिरेन खत्री भन्ने बिकास केसी पनि यसमा संलग्न भएको सुराकको आधारमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेको लिम्बुले जानकारी दिए । घटनाको प्रकृती र उनिहरुको कार्यशैलीले चोरी गर्ने समुह पेशेवर रहेको अनुमान सहजै लगाउन सकिने पनि उनको भनाइ रहेको छ । लिम्बुले यसमा संलग्न सञ्जाल हुनसक्ने भएकाले यस बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

दमकको एउटा अनलाइन सवाल नेपालले सार्वजनिक गरेको सिसि क्यामेराका फूटेजमा चोरहरुले आफ्नो पसलबाट निष्फिक्रि रुपमा सामाग्रिहरु झिकेको देखिएको छ । ४ फूटजति सटर खोलेर एकजना सटर तथा सडकतिर पसलबाहिर र अर्को जनाले भित्रबाट अलिकति पनि नडराइकन धमाधम झोलामा ल्यापटप र सामानहरु हालेको देखिएको छ । बाहिर समान पुर्याएर फेरी सामान लिन आएको समेत सिसि क्यामेराको फूटेजमा स्पष्ट रुपमा देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१