Aamsanchar

तरुण दल वडा अध्यक्षमा फागो

Author Image
शनिवार, चैत १२, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,

नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल तरुण दलको शिवसताक्षी नगरपालिका ११ नम्बर वडा समितिको शनिबार गठन भएको छ । उक्त क्षेत्रकै खेलप्रेमीका रुपमा चिनिएका युवा व्यक्ति नरबीर फागो (भाग्य) को अध्यक्षतामा ३५ सदस्यीय तरुण दलको वडा समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष दाताराम बिष्ट, सचिव नबिन गुरुङ, कोषाध्यक्ष सन्तोष नेम्बाङ्ग, सहसचिव सन्त शेर्मा र सदस्यहरुमा रीता जोगी, राजेन्द्र भट्टराई, सीता थापा, राज तिम्सिना, सुमन मुखिया, सरोज बजगाँईं, दीपक चौहान, बिकास माबो, गम्भीर राई, उमेश पौडेल, सम्पूर्ण तामाङ्ग, चन्द्र न्यौपाने, टीकाराम गुरुङ्ग, दुर्गा आङ्गदेम्बे, कृष्ण बस्नेत, निकेश लिम्बु, दुर्गा आङ्गदेम्बे, निकेश लिम्बु, रोशन कार्की, सन्तोष बुढाथोकी, बसन्त लिम्बु, अशोक कार्की, सन्तोष चौहान, इश्वरी तिम्सिना, तारा कुँवर, सबिना संग्रौला, बिना पाण्डे, बिजय राई, प्रदीप बस्नेत र पुजन दवाडी रहेका छन् ।
नेपाली काँग्रेस झापाका जिल्ला सदस्य रतन थिङलाबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व क्षेत्रीय सभापति नारायण बजगाँईं, शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गाना, कोषाध्यक्ष दुर्गा भट्टराई, वडा नं. ८ सभापति वचन राईका साथै नेपाल कांग्रेस शिवसताक्षी सम्बद्ध भातृ संगठनका प्रमुख तथा सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नेहरुमा नेपाल शिक्षक संघ क्षेत्र नं. ५ का सभापति राजकुमार ठाकुर, नेपाल शिक्षक संघ शिवसताक्षीका सभापति गोविन्द काफ्ले, महाधिवेशन प्रतिनिधि देवीकुमारी दाहाल, नेपाल तरुण दल महाअधिवेशन प्रतिनिधि तुला बोखिम, नेपाल विद्यार्थी संघ, झापाका सचिव मनोज कार्की लगायतले नेपाली कांग्रेसले खेलेको भूमिका तथा तरुण दलको अपरिहार्यताका विषयमा बोलेका थिए ।
यसैबीच स्ववियु चुनाव दमक क्याम्पसबाट सदस्य पदमा विजयी बनेकी सोही वडाकी अविशा खड्कालाई सम्मान गरेको छ । सो वडाले यसअघि नै नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल महिला संघ गठन गरिसकेको छ ।
नेपाली कांग्रेस शिवसताक्षी ११ सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति खगेन्द्र बजगाँईंले गरेका थिए भने सञ्चालन सचिव मदन राईको रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर