त्यसैगरी घरमा आगो लगाएको मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद फैसला भएपछि फरार रहेका लेटाङ –३ का ३० वर्षीय सुमन राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै गाली बेइज्जती मुद्दामा उदयपुर जिल्ला अदालतको मिति २०७७।०९।२० गतेको फैसलाले ५–५ हजार जरिवाना तोकिएका बेलका– ५ का ६२ वर्षीय डम्बर बहादुर कटुवाल र ५२ वर्षीय तिलक बहादुर कटुवाललाई प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी डाँका मुद्दामा सम्मानित पाँचथर जिल्ला अदालत पाँचथर फिदिमको मिति २०७८।०४।३२ गतेको फैसलाले कैद ६ बर्ष र १२ हजार ५ सय १० जरिवाना भएका फक्तालुङ गाउँपालिका– ६ ताप्लेजुङका २९ वर्षीय राजु ताप्मादेन लिम्बू भन्ने दिव्य लिम्बुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानीको लागि सम्बन्धित अदालतहरूमा उपस्थित गराइएको छ ।