Aamsanchar

ढकाल बन्धुको महापुराण कोटीहोममा

Author Image
मङ्गलवार, चैत १५, २०७३

झापा ।

ढकाल बन्धुहरुको एकता र भातृत्वलाई अझ मजबुत बनाउनका साथै ढकालहरुको बंशावली तयार पर्ने पवित्र उद्धेश्यले झापाको कनकाई नगरपालिकामा श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
मेचीदेखि महाकालीसम्मका ढकाल बन्धुका साथै भारत, आसाम, बर्मा लगायतका विभिन्न स्थानमा छरिएर रहेका ढकालहरुलाई एकताको सुत्रमा बाँध्दै आफ्नो बंशावलीको विकास गर्ने हेतुले पुराणको आयोजना गरिएको ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रिय कार्य समितिका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिए ।
चैत २१ गते उद्घाटन गरि २२ गते गतेबाट कथा सुरुहुने पुराण चैत ३० गते  समापन हुने र ३१ गते नदीमा गई सहस्रधाराद्धारा शान्ति पाठ गर्दै सम्पूर्ण परिवारजन सहित स्नान पूर्णाहुति एवं समापन समारोह तथा तिलकप्रसाद वितरण गरिने बताइएको छ ।
भागवताचार्य प. घनश्याम ढकाल प्रमुख कथा बचाक रहेको पुराणमा अन्य बाचकहरु समेत रहेका छन् । पुराणमा ७० वर्ष माथिका ढकालहरुलाई सम्मान, एसएलसी परिक्षामा ८० प्रतिशत र कक्षा १२ मा ७५ प्रतिशत माथि ल्याई उतृर्ण गर्ने ढकाल बन्धुका सन्ततीहरुलाई सम्मान, सामुहिक चुणाकर्म गर्ने लगायतका विभिन्न सामाजिक कार्यहरु रहेको प्रचारप्रसार प्रमुख चन्द्रकान्त ढकालले जानकारी दिए ।
ढकालहरुको एकतालाई निरन्तरता दिने उद्धेश्यले गत वर्ष चैत्र २ गतेदेखि ९ गतेसम्म कोटीहोममा नै पुराणको आयोजना गरिएको थियो । यसैबीच ढकाल बन्धुहरुको झापा जिल्ला सम्मेलनले राजेन्द्रकेशर ढकालको अध्यक्षतामा १५ सदस्य कार्यसमिति समेत गठन गरिएको छ । समितिले झापा रहेका ढकालहरुको सम्पूर्ण विवरण तयार पार्ने जनाइएको छ । देशभरका अन्य जिल्लामा पनि ढकाल बन्धुहरुको समिति गठनलाई तिब्रता दिदैं इलाम लगायतका केही जिल्लाहरुमा जिल्ला समिति गठन भइसकेको बताइएको छ ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर