Aamsanchar

बम प्रहार गर्नेलाई कारबाही माग

Author Image
मङ्गलवार, चैत १५, २०७३

काठमाडौं ।

नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार सङ्कलनका गरिरहेका पत्रकारलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

महासङ्घका महासचिव उजिर मगर र क्लबका उपाध्यक्ष दीपक गाउँलेले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरी स्वतन्त्रतापूर्वक पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी सङ्गठन र प्रहरीबीच भएको झडपको तस्बिर खिचिरहेका अवस्थामा फोटो पत्रकार श्रीधर पौडेल र केशव थापाप्रति लक्ष्य गरी प्रहार गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर