Aamsanchar

चोरी र बन मुद्धाका फरार दुई पक्राउ

Author Image
मङ्गलवार, चैत १५, २०७३

झापा।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार अभियुक्त खोजतलाश गर्ने अभियान अन्तर्गत प्रहरीले सोमबार  दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चोरी मुद्धामा फरार रहेका भारत ग्राम पञ्चायत बस्ने अन्दाजी १७ बर्षिय साईल मिँया र  बन मुद्धामा फरार रहेका झापा शनिश्चरे २ बस्ने  ३७ बर्षिय टिकार बस्नेत रहेका छन्।

पक्राउ परेका मिँयाले झापा गौरीगंज नगरपालिका ६ बाट चौपाया चोरीको आरोप छ। त्यस्तै बस्नेतले २०७२ साल असार २८ गते बन मुद्धामा ४ महिना कैद र ८२ हजार २ सय ४८ रुपैया सजाय भई फरार रहेका थिए।

बिशेष सुचनाको आधारमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कर्यालय गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत झापामा उपस्थित गराईएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर