Aamsanchar

लागुऔषध विरुद्धको जनचेतनामूलक कार्यक्रम

Author Image
बुधवार, चैत १६, २०७३

(शान्तिराम बस्नेत)

शिवसताक्षी ।


“स्वच्छ, सुन्दर समाज बनाऔं, लागु औषध विरुद्धको अभियान सफल पारौं” भन्ने मूल नाराका साथ जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
शिवसताक्षी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शिवसताक्षी नगरपालिकाका वडा नं. १, २ र ३ को संयुक्त वडा कार्यालय धरमपुरस्थित मंगलबारे बजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि थापा क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र एउटा न्याय दिने संस्था भएको उल्लेख गर्दै पीडित प्रहरीकोमा आउँदा र सामुदायिक प्रहरीमा आउँदा ठूलो अन्तर हुने बताए । उनले अब आफ्ना नानीहरुलाई बाबुआमाले बढीभन्दा बढी समय दिनुपर्नेमा कुरामा समेत जोड दिए । त्यस्तै बर्दीका प्रहरीले मात्रै सबै काम गर्न नसक्ने बताउँदैं आम समुदायले पनि सदैव हर कुरामा चनाखो हुनुपर्ने तथा आफ्ना नानीहरुलाई कुनै बहानामा अनावश्यक पैसा दिने बानी नगर्न समेत अभिभावकहरुलाई सुझाए ।
कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरु, बजारबासीहरुले लागुपदार्थ दुव्र्यसनी विरुद्धका जनचेतनामूलक प्लेकार्डहरु बोकी बजार परिक्रम गरेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र, शिवसताक्षीका हवल्दार जब्बर बहादुर माझीलाई उत्कृष्ट कार्य गरे वापत केन्द्रद्वारा नगद पाँच हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।


सामुदायिक प्रहरी सेवा केन्द्र, शिवसताक्षीकी अध्यक्ष भोजकुमारी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देव, शिक्षक श्रीप्रसाद खरेल लगायतले विशेषतः विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सडक नाटकका माध्यमबाट सञ्चालन गरेमा सबै वर्ग, समुदायमा थोरै भएपनि सहजता हुने कुरा बताएका थिए ।
केन्द्रका सल्लाहकार संयोजक छत्रबाबु ओझाले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको स्वागत उपाध्यक्ष डम्बर मैनालीको रहेको थियो भने सञ्चालन सचिव सन्त फेउदेनले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर