Aamsanchar

आत्महत्या न्यूनीकरण अभियान

Author Image
बुधवार, चैत १६, २०७३

भद्रपुर।

आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलन भोजन तथा नियमित रूपमा योग एवम् आध्यात्मिक चिन्तन गर्नुपर्नेमा जोड दिइएको छ ।

मेची अञ्चल प्रहरी कार्यालय भद्रपुर, झापाद्वारा आज आयोजित आत्महत्या न्यूनीकरण अभियानमा आत्महत्याबाट जोगिन मानिसले सञ्चार, सम्पर्क र हेरचाह जस्ता क्रियाकलापमा लाग्नुपर्ने सुझाव पनि दिइएको छ ।
मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न उद्देश्य रहेको सो कार्यक्रममा सहभागीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका प्रमुख डा निदेश सापकोटा र टिपी नेपाल दमकका परियोजना व्यवस्थापक ड शालिकराम भट्टराईले प्रशिक्षण दिने जनाइएको छ ।

प्रजिअ उत्तरकुमार खत्रीले उद्घाटन गरेको सो कार्यक्रममा मेची अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले गत तीन आवमा यस क्षेत्रमा भएको आत्महत्याको विवरण प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर