Aamsanchar

दलहरुलाई भद्रपुरमा उम्मेदवार छान्न सकस

Author Image
शुक्रवार, चैत १८, २०७३

(पार्थ मण्डल)

भद्रपुर।

झापाको सदरमुकाम ओगटेको भद्रपुर नगरमा स्थानीय तह निर्वाचनको तयारीमा राजनितिक दलहरु बिच चहलपहल बढेको छ ।
१९ बर्षपछि आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन लागेपछि अहिले नगरस्तरीय दलहरुले मेयर र उपमेयर उठने इच्छुक उम्मेदावारलाई आन्तरिक वहसबाट दवाव दिदै आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेका छन् । सदरमुकाम जस्तो नगरमा कस्तो व्यक्तिलाई कुन पार्टीबाट मेयरको उम्मेदवार बनाउने बिषयमा नगरदेखि केन्द्रियस्तरका नेता समेत खुलेर लागिपरेका छन् ।
भद्रपुरमा मेयर र उपमेयरमा कसले बाजी मार्ला भन्ने शिर्षकमा आमसञ्चारमा सवै दलको आकाक्षी उम्मेदवारको नाम समेटेर समाचार बाहिर आएपछि दलहरु बिच एक खालको तरंग बढेको छ । भद्रपुरमा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, संघिय समाजबादी फोरम नेपालका कार्यकर्ताको बहुल्यता रहेको छ ।
नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लासाथै मुल घर भएको ठाँउ, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनको निर्वाचन क्षेत्र भएकोले अहिले तीनवटै पार्टीमा आन्तरिक कसरत सुरु भएको देखिन्छ । सिटौलाले नेपाली काग्रेसबाट कसलाई मेयर र उमेयरको टिकट देलान भन्दै काग्रेस कार्यकर्ता बिच टिकट लिने कसरत सुरु भएको छ । नेपाली काग्रेसबाट मेयरमा क्षेत्रीय सभापति गणेश पोखरेल, उद्योगी चण्डी पराजुली, राजेन्द्र घिमिरे, जेपी शर्मा, नवराज पनेरु सहित ओम सरावागी, मोहन महर्जन, रुद्र भुर्तेलको नाम पनि चर्चामा आएको छ । उपमेयरमा महिलाबाट गोमा भटटराई, लत्ता कार्की, शर्मिला अधिकारी र शिला तामाङ्गको नाम पनि चर्चा छ ।
नेकपा एमालेले पूर्व क्षेत्रीय अध्यक्ष र भद्रपुरका पुर्व उपमेयर जिवनकुमार श्रेष्ठलाई मेयरको टिकट दिने पार्टी बिच एक प्रकारको सहमति भइसकेको चर्चा छ । तर, नगर इञ्चार्ज असारु राजवंशीको नाम पनि मेयरमा त्यतीकै चर्चामा छ । उपमेयरमा महिलाबाट चन्दा श्रेष्ठ र कमला थुलुङ्ग नाम चर्चामा आएको छ ।
यता राप्रपाले नगरमा भरपर्दो उम्मेदवारको खोजी गर्दै उद्योगी तथा समाजसेवी पशुराम अग्रवाललाई टिकट दिएर मेयरको उम्मेदवार बनाउने दाउ खोजिरहेका बेला नेपाली काग्रेसलाई टाउको दुखाई भएको बजारमा चर्चा चुम्लिएको छ । अग्रवाल नेपाली काग्रेसका साधारण सदस्य हुन । अग्रवाल नेपाली काग्रेस छाडेर राप्रपा जान लागेको समाचार बाहिर आएपछि अग्रवाललाई काग्रेसी कार्यकर्ताले आन्तरिक दवाव दिन थालेको उनी निकट व्यवसायी बताउछन ।

अग्रवालको वातावरण भद्रपुरमा राम्रो देखिएकोले उनलाई मेयरमा नउठन दवाव काग्रेसका जिल्लादेखि केन्द्रियस्तरसम्मका नेताले दिन थालिसकेका छन् । अग्रवाल निकट एक व्यवासयी भन्छन्– अग्रवालले भद्रपुर विकासको लागि मेयरमा उठन खोजेका हुन, काग्रेसबाट टिकट दिए टाउको दुखाई नै रहदैन थियो, तर काग्रेस चाहि टिकट नदिने अनि अन्य पार्टीमा जान पनि रोक लगाउने यस्तो खेल भद्रपुर विकासको पक्षमा राम्रो नभएको बताउछन् । त्यती मात्र नभएर माओबादी केन्द्रका केन्द्रियस्तरका नेताले समेत अग्रवाललाई माआवादीबाट मेयर उठने एक खालको दवाव दिन थालेपछि अग्रवाल धर्मसकटमा परेका छन् ।

अग्रवाललाई काग्रेसले मेयरको टिकट नदिने पछि हटने भन्ने, राप्रपा र माओबादीले टिकट दिन तयार भएकोले गर्दा उनी धर्मसंकटमा रहेकोे अहिले बजार व्यापक चर्चाको बिषय बनेको छ । अग्रवाल राप्रपाबाट नउठने भएपछि राप्रपाले काग्रेसबाटै उम्मेदवार ल्याउने पक्षमा उभिएको फेरी चर्चा चलेको छ । राप्रपाले अग्रवाल पक्षकै कुनै कार्यकर्तालाई राप्रपाबाट उठाउने होकि भन्ने पार्टीमा वहस सुरु भएको छ ।

उपमेयरमा राधा कार्की उठने पक्कापक्की भइसकेको छ । माओबादीले क्षेत्रीय अध्यक्ष नरेश सञ्जेल, नरपति सुब्बा, शिवराज भण्डारीलाई मेयरमा उठने चर्चा छ भने, उपमेयरमा सीता न्यौपानेलाई उठाउने चर्चा पार्टीमा चलेको एक कार्यकर्ता बताउछन् । त्यस्तै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले अन्य दलको उम्मेदवार घोषणाको पर्खाइमा बसिरहेका छन भने, संघिय समाजबादी फोरम नेपाल सरकारबाट बाहिरएकोले मौन छ ।

Views: 157

प्रतिक्रिया (०)