Aamsanchar

एमालेलाई किताब

Author Image
शनिवार, चैत १९, २०७३

दमक।

नेकपा (एमाले) कर्मचारी विशेष शाखा कमिटी दमकले पढ्ने संस्कृतिको विकास गर्न एमाले झापालाई एक सय तीन थान किताब शुक्रबार हस्तान्तरण गरेको छ ।

कमिटीले साम्यवाद, प्रविधि, साहित्य, रोचक प्रसङ्गलगायत किताब हस्तान्तरण गरेको हो । एमाले प्रदेश नं १ का सदस्य देवेन्द्र दाहालले ती पुस्तक जिल्ला कमिटीलाई हस्तान्तरण गर्नुभयो ।
कर्मचारी विशेष कमिटीका अध्यक्ष लीलबहादुर राईले ७५ थान, एमाले जिल्ला कमिटी सदस्य केन्द्र प्रसाईंले १४ थान, गिरिराज नेपालले नौ थान तथा रामचन्द्र मिश्र र अन्नत सेनेहाङले केही पुस्तक प्रदान गरेका हुन् । पार्टीले प्राप्त गरेको पुस्तक बिर्तामोडस्थित एमाले जिल्ला पार्टी कार्यालयमा रहेको पुस्तकालयमा राखिने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर