Aamsanchar

विदेशबाट फर्किएर ‘दरवार’मा लगानी

Author Image
शनिवार, चैत १९, २०७३

बिर्तामोड।

वैदेशिक रोजगारबाट फर्किएका अधिकांश युवा व्यवसाय केन्द्रित हुने गरेको पाइएको छ ।
लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर फर्किएका युवाले होटल, एष्टुरेण्ट, ट्राभल एजेन्सीसहित विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएका छन् ।
पछिल्लो समय मेचीनगर नगरपालिका–११ निवासी अन्जेस भट्टराईले न्यू आरके कम्प्लेक्समा भो दरवार रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । ३० लाख रुपैयाँ लगानी गर्दै उनले सञ्चालनमा ल्याएको उक्त रेष्टुरेण्ट शुक्रबार उद्घाटन गरिएको छ ।
साउथ अफ्रिका र दुबईमा लामो समयसम्म काम गरेर फर्किएका उनले युवावर्गलाई लक्षित गर्दै उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । विदेशको समेत अनुभव बटुलेका उनले पारिवारिक वातावरणमा रहेर खानपिन गर्न सकिने रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताइएको छ ।
उनी यसअघि वरिष्ट हेलमेट हाउस सञ्चालन गर्दै आएका थिए । ४० जनासम्म बसेर  एकैपटक खान सकिने रेष्टुरेण्ट स्मोकिङ जोनसहित भएको बताइएको छ । स्वदेशी तथा विदेशी मदिरासहित उक्त रेष्टुरेण्टमा चिके र मटनका विशेष परिकार तयार गरी सेवाग्राहीलाई सेवा प्रदान गर्ने सञ्चालक भट्टराईले बताए । भट्टराईले सञ्चालन गरेको रेष्टुरेण्टमा चारजनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर