Aamsanchar

स्थापना दिवसमा राष्ट्र सेवक सहकारीको सम्मान

Author Image
शनिवार, चैत १९, २०७३

भद्रपुर । 

झापाको भद्रपुरस्थित राष्ट्र सेवक सहकारी संस्थाले आफ्नो १८ औ स्थापना दिवसको अवसरमा शुक्रवार एक कार्यक्रमका बीच विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष खडानन्द गुरागाईको सभापतित्व तथा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाले उत्कृष्ट सन्तती, जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता तथा ऋणिलाई सम्मान गरिएको हो ।
शेयर सदस्य मध्ये उत्कृष्ट सन्तती तर्फ कक्षा ११ मा उत्कृष्ट अंक प्राप्त गर्ने नम्रता खतिवडा र विश्वास गुरागाईलाई नगद ४ हजार एक रुपैयाले सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ शेयर सदस्य तर्फ कृष्णप्रसाद पोखरेल र शुभलक्ष्मि श्रेष्ठ दोसल्ला ओराएर सम्मानपत्रले सम्मान गरेको थियो ।

उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणी तर्फ क्रमस राधिका श्रेष्ठ, ठमेन्द्र पौडेल, गंगाप्रसाद वानिया, देव लक्ष्मी अधिकारी र किरण कार्कीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट संञ्चालक भन्दै सस्थाका अध्यक्ष खडानन्द गुरागाई र वाशिष्ठ अधिकारी लाई सम्मानित भएका थिए ।
जिल्ला सहकारी डिभीजन कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको औचित्य माथि प्रकाश वशिष्ठ अधिकारीले पारेका थिए । भने कार्यक्रमको सञ्चालन डिल्ली ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर