Aamsanchar

समिति गठन गर्दै वडा सम्मेलनले सम्पन्न

Author Image
शनिवार, चैत १९, २०७३

चारआली।

नेकपा (माओवादी केन्द्र) मेचीनगर–१४ ले स्थानीय निर्वाचनका लागि  विभिन्न समिति गठन गर्दै वडा सम्मेलनले सम्पन्न गरेको छ । मेचीनगर–१४ मा कृष्णकुमारी सुवेदीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।

वडा समितिको उपाध्यक्षमा लोकनाथ भट्राई, सचिवमा मुनीलाल राजवंशी, सहसचिवमा शर्मन राजवंशी, र कोषाध्यक्षमा अर्पण डाँगीलाई चयन गरिएको छ । त्यस्तै गुनलाल राजवंशी, सुशिल राजवंशी, रमेश राजवंशी, हिरामनी राजवंशी, आशा उप्रेतीलगायत २३ जना सदस्य चयन चयन गरिएको छ ।
त्यसैगरी विभिन्न जातजाति ,महिला र युवाका लागि छुट्टाछुटै समिति गठन गरेको छ । सम्मेलनले राजेन्द्र सुब्बाको संयोजक तथा सुरज घिमिरे सहसंयोजक रहने गरी २६ सदस्यीय योड्ग कम्युनिष्ट लिग (वाइसिएल) गठन गरेको छ ।
त्यस्तै आशा उप्रेतीको अध्यक्षतामा १० सदस्यीय अखिल नेपाल क्रान्तिकारी महिला संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा माया सुब्बा, सचिवमा कमला सुब्बा, सहसचिवमा नम्रता बस्नेत र कोषाध्यक्षमा राधिका सुब्बालाई चयन गरिएको छ । त्यसैगरी सुनिता सिंखडा, हिरामनी राजवंशी, सुशिला राजवंशीलाई सदस्यमा चयन गरिएको छ ।
संयोजक शुसिल राजवंशी र सहसंयोजक  भरत राजवंशी रहने गरी ११ सदस्यीय कोचीला राष्टिय मुक्ति मोर्चा गठन गरिएको छ । समितिमा नन्दलाल राजवंशी, धनीलाल राजवंशी, मेघकुमार राजवंशीलगायत सदस्य रहेका छन् ।
खेलेल मोहम्मदको अध्यक्षतामा ९ सदस्यीय मुस्लिम मुक्ति मोर्चा गठन गरिएको छ । ताजमधिन महमद, समसल महमद, सुमन महमद, पेश महमद, जीप महमदलगात सदस्यमा रहेका छन् । सम्मेलनमा प्रकाश उप्रेती, श्रीप्रसाद चौधरीसहित अध्यक्ष खगेन्द्र सिग्देलको निर्वाचनका लागि अध्यक्ष मण्डलले उक्त नामवली सार्वजनिक गरेको हो ।
मेचीनगर १४ सम्मेलनले गठन गरिएको नव कार्यसमितिका पदाधिकारीहरुलाई सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका कोषाध्यक्ष हंशलाल राजवंंशी, विशेष अथिति प्रकाश भण्डारीलगायतका अतिथिहरुले अविर, खादाले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि हंशलाल राजवंशीले देशको सर्वपरिहार्य एजेण्डा बोकेको पाटी माओवादी केन्द्रले सबै क्षेत्र, जाति, वर्ण र संस्कृतिलाई आत्मसाथ गर्दै नागरिकको अधिकारी सूनिश्चित गर्ने विषय जुटेर लागि पर्ने बताए । उनले स्थानीय तहको निर्वाचन माओवादीकै एजेण्डा भएकाले जनताको अधिकार बुलन्द गर्न माओवादीले गरेको त्याग र लगावलाई बुझ्न आग्रह गरे ।
कार्यक्रममा प्रकाश भण्डारीले माओवादीको एजेण्डाको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा कृष्णकुमारी सुवेदी, श्रीप्रसाद चौधरीलगायतले बोलेका थिए । नन्द राजवंशीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णकुमारी सुवेदी र खगेन्द्र सिग्देलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर