{प्रकाश उप्रेती }
चारआली, २१ चैत्र । आसन्न स्थानीय निकायको चुनावका लागि मेचीनगर १३ र १४ मा राजनीतिक दलहरुको दौडधुप एवं चहलपहल सुरु भएको छ । चुनावी रणनीति तथा चुनावका लागि आआफ्नो पार्टीको बुथ तथा सेल तयार, नगरपालिकामा उम्मेद्धारीको नाम पठाउने लगायतका गतिविधि सार्वजनिक गर्दै आएका छन् ।
माओवादी केन्द्र वडा नम्बर १३ ले सोमबार वडा कार्यालयले आयोजना गरेको भेलाले सदस्यको लागि पहिलो पटक शारीरिक रुपमा एक जना अपाड्गसहितको ७ जनाको नाम उम्मेद्धारीका नाम पठाएको । पुनसरचनाअघि दुहागढी–५ हाल मेचीनगर १३ का शारीरिक रुममा अपाड्ग चन्द्रप्रकाश लिम्बूको नाम १३ नम्बर वडा सदस्यका लागि पठाएकोे हो । लिम्बू २०४२ सालमा सवारी दुर्घटनामा परेपछि अपाड्ग भएका थिए । उनी ग्रामीण अपाड्गता पुर्नस्थापना समिति दुहागढीका अध्यक्ष पनि हुन् ।
नेकपा ९माओवादी केन्द्र० ले मेचीनगर–१४ को वडा अध्यक्षका लागि बाबुलाल सुब्बाको उम्मेद्धारी सर्वसम्मत भएको छ । कृष्णकुमारी सुवेदी, गुनिलाल राजवंशी, शर्मन राजवंशीसहित ४ सदस्यीय निर्वाचनको लागि उम्मेद्धारी पठाएको हो । उसले बृहत सम्मेलन गरी कृष्णकुमारी सुवेदीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ ।
वडा समितिको उपाध्यक्षमा लोकनाथ भट्राई, सचिवमा मुनीलाल राजवंशी, सहसचिवमा शर्मन राजवंशी, र कोषाध्यक्षमा अर्पण डाँगीलाई चयन गरिएको छ । त्यस्तै गुनलाल राजवंशी, सुशिल राजवंशी, रमेश राजवंशी, हिरामनी राजवंशी, आशा उप्रेतीलगायत २३ जना सदस्य चयन चयन गरिएको छ ।
त्यसैगरी विभिन्न जातजाति ,महिला र युवाका लागि छुट्टाछुटै समिति गठन गरेको छ । सम्मेलनले राजेन्द्र सुब्बाको संयोजक तथा सुरज घिमिरे सहसंयोजक रहने गरी २६ सदस्यीय योड्ग कम्युनिष्ट लिग ९वाइसिएल० गठन गरेको छ ।
त्यस्तै आशा उप्रेतीको अध्यक्षतामा १० सदस्यीय अखिल नेपाल क्रान्तिकारी महिला संघ गठन गरेको छ । समितिको उपाध्यक्षमा माया सुब्बा, सचिवमा कमला सुब्बा, सहसचिवमा नम्रता बस्नेत र कोषाध्यक्षमा राधिका सुब्बालाई चयन गरिएको छ । त्यसैगरी सुनिता सिंखडा, हिरामनी राजवंशी, सुशिला राजवंशीलाई सदस्यमा चयन गरिएको छ ।
संयोजक शुसिल राजवंशी र सहसंयोजक भरत राजवंशी रहने गरी ११ सदस्यीय कोचीला राष्टिय मुक्ति मोर्चा गठन गरिएको छ । समितिमा नन्दलाल राजवंशी, धनीलाल राजवंशी, मेघकुमार राजवंशीलगायत सदस्य रहेका छन् ।
खेलेल मोहम्मदको अध्यक्षतामा ९ सदस्यीय मुस्लिम मुक्ति मोर्चा गठन गरिएको छ । ताजमधिन महमद, समसल महमद, सुमन महमद, पेश महमद, जीप महमदलगात सदस्यमा रहेका छन् ।
त्यसैगरी मेचीनगर–१४ मा राप्रपा नेपालको वडा अध्यक्षका लागि रुद्रप्रसाद रिजालको नाम पठाएको छ । रीना सेवा, दुर्गा महत, खेमनाथ प्रसाई, महेश गौतमलाई सदस्य उम्मेद्धारको नाम पठाएको पाटीले जनाएको छ । भेला लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो वडामा नेपाली कांग्रेसले भने उम्मेद्धारीका लागि आन्तरिक तयारी भइरहेको र केही दिनमा सार्वजनिक गर्ने जनाएको छ । सर्त राजवंशी, अनिल ढुंगाना, गोपी मैनालीको सम्भावित अध्यक्षका लागि नाम चर्चामा आएको छ ।
त्यसैगरी एमाले १४ नम्बरका लागि जीवन प्रसाई, शंकर पोखरेल, अभिनारायण मैनाली नाम अध्यक्षका लागि नाम चर्चामा रहेको छ ।
त्यसैगरी मेचीनगर वडा नम्बर १३ मा माओवादी केन्द्रले कुमार भट्टराईको नाम वडा अध्यक्षको उम्मेद्धारीका लागि पठाएको छ । अन्य सदस्यमा विष्णु खुजुम ९डाँगी०, भरत राजवंशी, तारा बराइली, मानबहादुर तामाड, लीलादेवी कार्कीको नाम पठाएको वडा समिति अध्यक्ष खगेन्द्र सिग्देलले जानकारी दिए ।
भेलाले बद्रनाथ फुयाँलको संयोजकत्वमा तीन समस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।
पानीलाल राजवंशी, चन्द्रप्रसाद उप्रेती, प्रल्लादप्रसाद सिग्देल समितिको सदस्यमा रहेका छन् ।
त्यस्तै मेचीनगर–१३ कै राप्रपा नेपालमा राम प्याकुरेललाई वडा अध्यक्षसहित ५ सदस्यीय उम्मेद्धारको नाम नगरमा पठाएको छ । खड्गबहादुर कार्की, विश्वनाथ धिताल र निला प्रसाई, खम्बासिंह कार्की, गणेशकुमार न्यौपाने, बद्री महतको नाम पठाएको हो । त्यसैगरी खम्बासिंह कार्कीको संयोजक र गणेशकुमारी न्यौपाने र बद्री महत सदस्य रहने गरी वार्ता समिति गठन गरेको छ ।
उक्त वडामा पनि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेद्धारीको नाम पठाउने विषयमा आन्तरिक छालफल भइरहेको र केहीदिनमा नाम सार्वजनिक गर्ने श्रीराम मरासिनीले जानकारी दिए । उक्त वडामा श्री मरासिनी, पुष्पराज कार्की, मोहन अधिकारीलगायतको नाम चर्चामा आएको छ ।
उक्त वडामा एमालेमा प्रेम पौडेल, मोहन खतिवडा, कृष्णराज सिग्देललगायतको नाम चर्चामा आएको छ ।