Aamsanchar

‘’प्रवासी भुजेल समाज युएईको ५औं वार्षिकोत्सव सम्पन्न ’’

Author Image
मङ्गलवार, चैत २२, २०७३

भरत शिवाकोटी

  [युएई]

 युएईमा छरिएर रहेका भुजेलाहरुलाई एकत्रित गर्दै ५ बर्ष पहिले अर्थात ३० मार्च २०१२ मा स्थापना भएको प्रवासी भुजेल समाज सेवा समिती, युएई ले आफ्नो ५औं वार्षिकोत्सव गत ३१ मार्च २०१७ शुक्रवारका दिन युएईको अलेन स्थित अल जाहिल पार्कमा वनभोजका साथमा नयाँ बर्षको शुभकामना आदान-प्रदान गर्दै सम्पन्न गरेको छ |

भुजेल समाजका अध्यक्ष यम बहादुर घर्ति ले केक काटेर उदघाटन गरेको कार्यक्रममा समाज द्वारा केहि महिना पहिले अपिल गरेको राहत कार्यक्रममा दाताहरुबाट संकलन गरिएको रकम एकत्रित गर्दै पुर्व घोषणा गरिएको रकम चाँडै नै भुजेल समाज सेवा केन्द्रिय समिती सँग संयोजन गर्दै हस्तान्तरण गर्ने निर्णय भएको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सुर्य खवासले जानकारी दिएका छन ।

स्मरण रहोस,केहि महिना पहिले ट्याक्टर दुर्घटनामा परि ढाड भाँचिएर कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन कठिनाइ भएका सोलुखुम्बु निवासी होम बहादुर भुजेल र परिवारका गार्जन गुमाएर विचल्लीमा परेका गुल्मी जिल्ला भनभने गा.वि.स. टिमुरखर्क का मिना र जमुना घर्ती मगर लाई भुजेल समाज युएईले सहयोगको घोषणा गरेको थियो |

औपचारिक कार्यक्रम समापन पश्चात् दोश्रो चरणमा लोक दोहोरी गायक श्री युवराज भुजेल सहितका स्थानीय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुतिहरु राखेर एक आपसमा नयाँ बर्षको शुभकामना साँटासाँट गरिएको अध्यक्ष यम बहादुर घर्ति ले जानकारी दिएका छन |

 

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर