Aamsanchar

आगालागीबाट ५ लाख बढीको क्षति

Author Image
मङ्गलवार, चैत २२, २०७३

मोरङ।

मोरङको उर्लाबारी नगरपालिका-३ स्थित थापा चौक बस्ने देवी पौडेलको घरमा सोमबार आगलागी भएको छ।

राती १० बजे तिर विधुत सर्ट भइ अचानक लागेको आगोले पौडेलको एक तले पक्की घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी, दमकल, र स्थानियवासीको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कर्यालय उर्लाबारीले जनाएको छ।

Views: 199

प्रतिक्रिया (०)