Aamsanchar

झापाको लक्ष्मीपुरमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

Author Image
मङ्गलवार, चैत २२, २०७३

चारपाने – पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको लक्ष्मीपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । पस्चिमवाट पूर्व आउदै गरेको मे १ त ३७०९ नं. को ट्रयाक्टर दुर्घटना ग्रस्त भएको हो । ट्रयाक्टरमा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शनिअर्जुन नगरपालिका ७ बस्ने अन्दाजी २७–२८ बर्षको धनबहादुर कार्कीको विर्तामोड स्थित एक हस्टिलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय विर्तामोडले जनाएको छ।
बालुबा बोकेर आउदै गरेको ट्रयाक्टर मंगलबार साझ“ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको स्थानियले बताए । शनिअर्जुन ४ का ट्रयाक्टर चालक बामदेव मिश्र भने फरार रहेको प्रहरीले बताएको छ । मृत्यु हुने कार्की ट्रयाक्टर धनि रहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर