Aamsanchar

मुस्कानसहित प्लास्टिकबिरुद्ध अभियान

Author Image
बुधवार, चैत २३, २०७३

बिर्तामोड।

बिर्तामोडलाई सफा शहर बनाउन मुस्कानसहित प्लास्टिकबिरुद्ध अभियान चलाइने भएको छ । एकता युवा समाज बिर्तामोडले नगर क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने र फोहोरमैला व्यवस्थापन गर्न जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘ट्रक स्टेज’ कार्यक्रम गर्ने भएको छ ।
‘बिर्तामोड प्लास्टिक मुक्त क्षेत्र, मुस्कानसहितको अभियान’ भन्ने नाराका साथ बिर्तामोडको हनुमान सेन्ट्रल अगाडि आज बुधबार ट्रक स्टेज कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सडक नाटक, सांगीतिक प्रस्तुति, नृत्य लगायतका कार्यक्रम गरिने समाजका अध्यक्ष मनबहादुर तामाङले जानकारी दिए ।
‘हामीले हरेक साताको शनिबार मुक्तिचोकदेखि पश्चिम अन्धुवा खोला र दक्षिणमा गोमेन्द्र कजेलसम्मको क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिरहेका छौँ’– अध्यक्ष तामाङले भने– ‘अभियानलाई अझ प्रभावकारी बनाउन र फोहोरमैला तथा प्लास्टिकले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा जानकार गराउन कार्यक्रम गर्न लागेका हौं ।’
सरसरफाई अभियान मात्र सञ्चालन गरेर स्वच्छ वातावरण निर्माण गर्न नसकिने भएकाले ‘फोहोर नै नगर्ने’ बानीको विकास गराउनु कार्यक्रमको मुख्य उद्देश्य भएको सचिव अम्बिर लिङ्देनले बताए । ‘ट्रक स्टेज’ कार्यक्रममा गायक विल्सनविक्रम राई, श्रीकृष्ण लुइँटेल, कलाकार अनुजा अग्रवाल, साजन तामाङ, नायक सुवास मेचे, स्थानीय कलाकार मनोज बिक लगायतको प्रस्तुति रहनेछ ।
कार्यक्रममा समाजका सहसचिव रमा राई, कोषाध्यक्ष निमा रुम्बा, सदस्य केदार श्रेष्ठ, सल्लाहकार मेघराज बाँस्तोला लगायतले अभियानका बारेमा जानकारी गराएका थिए । २०६३ सालमा ५५ घरपरिवार सदस्यबाट स्थापना भएको समाज २०६८ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको छ । संस्थामा हाल ९५ घरपरिवार सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर