झापा।
प्रहरीले झापा र सुनसरीबाट मंगलबार लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकलमाट सवार झापा शनिअर्जुन नगरपलिका-१ बस्ने २३ बर्षिय अर्जुन लिम्बु रहेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोलीले साँझ ५ बजे पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट लागूऔषध लुपिजेसिक-२ एम्पुल, फेनारागन-२ एम्पुल, डाईजेपाम-२ एम्पुल र ब्राउन सुगर २०० मिलि ग्राम बरामद गरेको छ।भने मोटरसाइकल पछडी सवार शनिअर्जुन नगरपिलिका-१ बस्ने १६ बर्षिय संजिव चौहानलाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानएको छ।
त्यसैगरी सुनसरीको धरान-१५ निराजन बस्तीबाट प्रहरीले धरान-१५ बस्ने हेम थापा मगरलाई लागूऔषधसहित पक्राउ गरेको छ।
उनको साथबाट प्रहरीले एभिल ३ एम्पुल, डाइजोलोपाम ३ एम्पुल, लुपिजेसिक ४ एम्पुल बरामद भएको छ।पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।