Aamsanchar

इलामको चिज काठमाडौँमा बिक्री

Author Image
बिहिवार, चैत २४, २०७३

इलाम ।

इलाममा उत्पादन भएको चिज काठमाडौँमा बिक्री भइरहेको छ ।

पशुपतिनगर–९ तीनखुट्टेमा रहेको लक्की डेरी उद्योगले उत्पादन गरेको करिब आठ सय किलो चिज काठमाडौँमा बिक्री गरेको हो । सो उद्योगका सञ्चालक तुलु तामाङका अनुसार उद्योगले एक हजार ६०० लिटर दूधबाट दैनिक करिब एक हजार २०० किलो चिज उत्पादन गर्दैआएको छ ।

चिज उद्योगबाट प्रतिकिलो रु ६५० मा चिज बिक्री भइरहेको छ । सो उद्योगले उत्पादन गरेको चिज काठमाडौँबाहेक भारतको दार्जिलिङ, मनाङ र जोमसोममा समेत बिक्री भइरहेको छ । उद्योगमा अहिले करिब रु २५ लाखको लगानी रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर