Aamsanchar

बैशाख ३१ गते नै स्थानीय निर्वाचन हुन्छ– आङदेम्बे

Author Image
शनिवार, चैत २६, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले निर्वाचन भनेको लोकतन्त्रको मुटु भएको बताउँदैं आउँदो बैशाख ३१ गते कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने दावी गरे ।
शिवसताक्षी नगरपालिकास्थित जनजाति आदिवासीको हलमा नेपाली कांग्रेस शिवसताक्षीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आउँदो स्थानीय निर्वाचनमा सबै कार्यकर्ता एकजुट हुन आव्हान गर्दै विगतमा भएका तीतामीठा कुरा विर्सेर, आरोप प्रत्यारोप नगर्न अनुरोध गरेका थिए ।
यसैबीच, सोही कार्यक्रम विभिन्न पार्टीहरु परित्याग गर्दै ५ सय ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यसरी प्रवेश हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय पार्षद तथा झापा जिल्ला सदस्य डिल्लीलाल फेम्बु, जिल्ला सदस्य चन्द्र लिङदेन, राप्रपा महिला संघ क्षेत्रीय सदस्य अमरमाया लक्सम लगायत ४ सय २७ जना तथा नेकपा माओवादी निकट वाइसीएलका क्षेत्रीय सदस्य अरुण नेपाल, नेकपा एमालेका मित्रजंग कार्की तथा अन्य पार्टीका गरी जम्मा ५ सय ११ जनालाई केन्द्रीय सदस्य आङदेम्बेले पार्टीको क्रियाशील सदस्यता रसिद तथा अबिर लगाइ स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला सभापति उद्धव थापा, पूर्व जिल्ला उपसभापति देउमान थेबे, जिल्ला सदस्य रतन थिङलाबो लगायत जिल्ला, क्षेत्र तथा नगरका उपल्लो तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगर सह संयोजक पदम थापाले कार्यक्रम सञ्चालन गरेका थिए भने पार्टी प्रवेश कार्यक्रमको पहलकदमी महाधिवेशन प्रतिनिधि शिव कुमार याङ्याको रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर