Aamsanchar

आगो बस्तीमा पस्ता तीन घर जलेर नष्ट

Author Image
शनिवार, चैत २६, २०७३

सोलुखुम्बु ।

सोलुखुम्बुको दुधकौशिका नगरपालिका–४ जुवुमा सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा तीन घर जलेर नष्ट भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ११ बजे वनमा सुरु भएको आगलागी दिउँसो २ बजे बस्तीमा पुग्दा दुधकौशिका गाउँपालिका–४ जुवुका रामकुमार गिरी, सन्तोष गिरी र अमर गुरुङको घर तथा रामकुमार गिरीको एउटा बोको बाँधिएको ग्वाली९गोठ० जलेर पूर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

आगलागीबाट घर तथा ग्वाली जल्दा रु २२ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यस्तै ठूलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा स्थानीयवासी ४० वर्षीय टेकबहादुर गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले पनि नियन्त्रण बाहिर रहेको छ । बिहान आगो सुरु हुनासाथ प्रहरी तथा स्थानीयवासीले पहल गरिरहेको भए पनि वनमा लागेको आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर